राेशी– इलाका प्रहरी कार्यालय, मंगलटारले ‘उदेश्य सहितको हिंडाई’ कार्यक्रम सम्पन्न गरेकाे छ । शनिवार प्रहरी कर्मचारीहरुको शारीरि तन्दुरुस्तिका साथै आम समुदायमा फरक ढङ्गले उपस्थित भई समाजमा प्रतिनिधिमूलक गतिविधी / कार्यको माध्यमबाट सचेतना अभिवृद्दि गर्ने उदेश्यका साथ‘उदेश्य सहितको हिंडाई’ कार्यक्रमकाे आयाेजना गरेको इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीले जानकारी दिए ।
इन्स्पेक्टर कृष्ण गिरीका अनुसार यस इप्रका मातहत ५ वटै प्रहरी चौकीहरुबाट एकै साथ एउटै समयमा आ-आफ्नो कार्यक्षेत्र (AOR) को विभिन्न ठाउँहरुमा “WALK FOR PURPOS” कार्यक्रम अन्तरगत गस्ति खटि गई समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा बमोजिम समुदायसंगको सहकार्यमा विभिन्न सचेतना मुलक गतिविधिहरु गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकको नवप्रवर्दनात्मक कार्यको अवधारणा एवं निर्देशन अनुसार संचालित उक्त क्रियाकलाप अन्तरगत ‘उदेश्य सहितको हिंडाई’ को क्रममा यस इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलिले वि.पि. राजमार्ज अन्तरगत विपदजन्य स्थानहरुको अवलोकन, अवरोध हटाउने कार्य समेत गरिएको उनले जानकारी दिए ।
सोहि क्रममा डालाबेशि स्थित शिब मन्दिरको सरसफाई, माम्ति स्थित ‘पाँच पाण्डब माम्ति भिमसेन’ मन्दिर प्राङ्गणको सरसफाई, गस्तिकै क्रममा विभीन्न स्थानहरुमा वातावरण सरसफाई, मनसुनजन्य बिपद्का कारण घटिरहेका घटनाहरु तथा सो कारण आगामी दिनमा हुन सक्ने सम्भाव्य क्षतिका घटनाहरुबाट बच्न आम नागरिकहरुले अपनाउनु पर्ने सुरक्षा बिधी, मनसुन्जन्य विपदको कारण उत्पन्न हुन सक्ने स्वस्थ्यजन्य प्रकोपको बारेमा जानकारी, बाढी पहिरोबाट सुरक्षित रहने तथा कुनै पनि घटनाको सम्बन्धमा तत्कालै प्रहरीलाई जानकारी गराउने सम्बन्धमा स्थानिय नागरिकहरुसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।
यसैबीच यस इप्रका मातहत प्रहरी चौकी भकुण्डेबेशीले स्थानिय, भद्रभलाद्मि, उक्त धामको समितिका पदाधिकारीहरु समेतको उपस्थितिमा नमोबुद्ध न. पा. ४ नौबिसे स्थितमा रहेको “जग बैजेश्वरी त्रिवेणी धाम” को सरसफाई गरिएको छ ।
प्र.चौ. कटुन्जेवेशीले स्थानिय, भद्रभलाद्मि बुद्दिजिवि समेत भेलाजम्मा भई रोशी ७, कटुन्जे तल्तो बजार स्थित “शिव पार्वति मन्दिर” प्राङ्गणको सरसफाई गरिएको छ भने प्र.चौ. कानपुरले नमोबुद्ध न.पा. ५ कानपुर स्थितमा “शिव मन्दिर प्राङ्गण, बुद्दचोक लगाएतका स्थानहरु समेतको सरसफाई गरिएको छ ।
प्र.चौ. पोखरी नारायणस्थानले तेमाल गा.पा. ५ स्थित रहेको श्री सत्यनारायण मन्दिर जाने मार्ग, सो मन्दिरको प्राङ्गण लगाएतको स्थानहरु समेतको सरसफाई गरिएको र प्र.चौ. खहरेपाँगुले स्थानिय, भद्रभलाद्मि समेतको उपस्थितिमा रोशी गा.पा. ५ स्थित रहेको नारायणस्थान मन्दिर प्राङ्गण लगाएतको स्थानहरु समेतको सरसफाई गरिएको प्रहरीले जनाएकाे छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























