मण्डनदेउपुर– काभ्रे जिल्लाकाे मण्डनदेउपुर नगरपालिकाका जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छाेराछाेरीहरुले नीजि विद्यालयमा पढ्न नपाउने भएकाे छ । नगरपािलकाले शुक्रबार एक निर्देशन जारी गरी नगरपािलकाले गरेकाे साे निर्णय कार्यान्वायन गर्न निर्देशन दिएसँग अब उनीहरुले आ–आफ्ना छाेराछाेरीलाई सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने भएकाे हाे ।
मिति २०८१।२।३१ गते नगर शिक्षा समितिको बैठकबाट साे निर्णय गरेकाे शिक्षा शाखा प्रमुख लाेकेन्द्रबहादुर विष्टले जानकारी दिएकाे छ ।
निर्णयमा भनिएको छः ‘यस मण्डनदेउपुर नगरपालिकाभित्र बसोबास गरी नगरपालिका भित्रका संस्थागत विद्यालयमा आफ्ना छोराछोरी अध्ययन गराइ रहेका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघका पदाधिकारी, विद्यालयका शिक्षक तथा कर्मचारी र नगरपालिका अन्तर्गतका कर्मचारीहरुले पत्रका मितिले १० दिनभित्रमा अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरी सोको प्रमाण नगरपालिकामा पेस गर्न पत्राचार गर्ने निर्णय गरियो ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























