भक्तपुर । बुद्ध जन्मेको देश नेपालमा सारा नेपालीलाई खुशिको खबर रहेको छ ।

यहि असार ९ गते शनिवार विशेष दशमीको तिथिको दिन थोइसाम गोङ्फेलिङ र छ्योर्तेन टाशी तामाङ गुम्बाको संयुक्त आयोजनामा काठमाडौंमा बौद्ध धर्मोलम्बीहरुलाई लक्षित गरि कोन्छोग चिदुइ (रत्न सर्व सङ्ग्रण) को बृहत आयु अभिषेक (छेवाङ) कार्यक्रम हुने भएको छ ।

कार्यक्रम गोकर्णेस्वर–६ नयाँबस्ती बौद्ध स्थित रहेको छ्योर्तेन टाशी तमाङ गुम्बामा शनिवार दिउँसो १२ः०० बजे हुनेभएको छ । आयु अभिषेक मैसुर नाम्डोलिङ गुम्बाका प्रमुख धर्म गुरु एवम बुद्ध धर्मको धरोहर तथा वरिष्ठ धर्मगुरुको रुपमा सु–परिचित परम पुज्यनिय खेन्टुल ग्याङ्खङ रिम्पोछे ज्युको बाहुलिबाट प्रदान गर्नु हुने छ ।

विश्वकै चर्चित एवं ठूलो गुम्बाको रुपमा चिनेको मैसुर नाम्डोलिङ गुम्बाको प्रमुख रिम्पोछे नेपालमा आउनु भएको हो । हामीले उहाँको बाहुलिबाट आयु अभिषेक प्राप्त गर्न पाउनु सबै बुद्धधर्मोलम्बिहरु लगायत धेरै बौद्व धर्म प्रती आस्था राख्ने व्यक्तिहरुको लागि गौरवको कुरा भएको र हामीले यसलाई महान अवसरको रुपमा लिनु पर्ने आयोजकले बताएको छ । वाङ कार्यक्रम दिउँसो १२ बजेबाट सुरु हुने भएको छ ।