काठमाडौं– एमाले अध्यक्ष केपी ओलीलाइ असंवैधानिक तवरले प्रधानमन्त्री नियुक्त गरिएकाे भन्दै सर्वाेच्च अदालतमा रिट परेकाे छ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हाे ।
खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दिपक अधिकारीले रिट दर्ता गराएका हुन । यस्तै किर्तिनाथ शर्मा, निकिता ढुंगाना र उध्दव दाहालहरूकाे अर्को समूह पनि रिट लिएर सर्वोच्च अदालत पुगेको छ ।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको हाे ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
संविधानकाे धारा ७६ (२)काे प्रधानमन्त्रीले संसदबाट विश्वासकाे मत नपाएपछि उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने कतिपय संविधानविद्हरूकाे तर्क थियाे ।
रिट निवेदकहरूले संविधान काे धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति वदर गर्दै धारा ७६(३) अनुसार नयाँ नियुक्तिको माग गरेका छन ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, संसद सचिववालयलाई विपक्षि बनाइएको रिटमा तत्काल कुनै काम कारवाही नगर्न अन्तरिम आदेशकाे माग गरिएको छ भने परमादेश मार्फत ७६(३) काे सरकारकाे माग समेत गरिएको छ । उक्त मुद्दाको पेशि यहि २०८१ साउन ६ गते रहेको कुरा सर्वोच्च अदालतका सह प्रवक्ता गाेविन्द प्रसाद घिमिरेले बताउनु भयाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























