बनेपा– काभ्रे जिल्लाकाे बनेपा नगरपालिका वडा नम्बर ६ गोसाइँस्थानमा मृत भेटिएका व्यक्ति रोशीका देवराज तामाङ रहेको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त शव रोशी गाउँपालिका–४ लेम्बावेशी घर भई हाल बनेपा नगरपालिका– ६ राममन्दिर बस्ने बर्ष ३६ को देवराज तामाङ भनि उनका भाई भिमराज तामाङले सनाखत गरेका थिए ।

उनकाे शव आज विहान ६ः३० बजेको समयमा गोसाइँस्थान टावरको सिडिमा भेटिएकाे थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।