राेशी– काभ्रे जिल्लाकाे राेशी गाउँपालिकामा रहेकाे इलाका प्रहरी कार्यालय, मंगलटारले एक बेवारिसे व्यक्तिकाे उद्दार गरेकाे छ । इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीका अनुसार रोशी गाउँपालिका – ७, स्थित सडक खण्डमा उनकाे उद्दार गरिएकाे हाे ।
इन्स्पेक्टर गिरीका अनुसार एकिन नाम थर, वतन नखुलेको ( मनोरोग सम्बन्धि समस्या भएको जस्तो देखीने ) बर्ष अं. २२/२३ को पुरुष व्यक्तिलाई बेबारिसे अवस्थामा फेला पारी स्थानिय तहहरुसँगको समन्वयमा उद्दार गरी संरक्षणार्थ मानव कल्याण समाज (सेवा घर) धुलिखेलमा पठाईएको छ । कार्यालय प्रमुखको रुपमा गिरी आएपछि आफ्नाे सक्रियतालाई तीब्र बनाउँदै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























