बनेपा– Principals association of Nepal(PAN) काभ्रेले SEE २०८० मा काभ्रे जिल्लाका सामुदयिक विद्यालयहरू मध्येबाट उत्कृष्ट विद्यार्थि र विद्यालयलाई सम्मान गरेकाे छ । आज एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरेकाे हाे ।
साे अवसरमा SEE २०८० काे नतिजा सुधारका पक्षहरू विषयक अन्तरकृया समेत भएकाे थियाे ।
संस्थाका जिल्ला अध्यक्ष टंकमान लामाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सचिव महाेनप्रासद गुरागाईंले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिथकै रुपमा धुलिखेल नगर पालिका शिक्षा शाखा प्रमुख डिक बहादुर राई, अतिथिहरूमा विन्दा भूर्तेल, शाखा अधिकृत शिक्षा विकास तथा समन्वय इकाई, धुलिखेल, लाेकेन्द्र ढकाल निवर्तमान प्रधानध्यापक सञ्जीवनि मावि धुलिखेल लगायतका सहभागी थियाे ।
कार्यक्रममा सम्मानित हुने विद्यार्थीहरुमा अविना कार्कि:- भालेश्वर मावि(3.86GPA), सुशान्त हुमागाईं:- भालेश्वर मावि(3.83 GPA), रिचा गिरि:- प्रभा मावि(3.82GPA) रहेका छन् । यसैबीच सम्मानित हुने विद्यालयहरुमा भालेश्वार मावि: ओैषत GPA 3.089, चण्डेश्वी मावि:ओैषत GPA 3.08 र प्रभा मावि:ओैषत GPA 3.068 रहेकाे छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























