राेशी– काभ्रे जिल्ला अन्तर्गत रहेको विपि राजमार्ग गएराती अबिरल वर्षाको कारण अबरुद्ध रहेकाेमा इलाका प्रहरी कार्यालय, मंगलटारकाे सक्रियतामा एकतर्फी सूचारु भएकाे छ । इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीका अनुसार रोशी, माम्ति, भ्याकुरे, मंगल लगायतका नदि, खोलाहरुका कारण सडक अबरुद्ध भएको थियाे ।
बाढी तथा विभिन्न स्थानबाट खसेको पहिरो एवं गेगर ढुङ्गाहरुले पुगेकाे थियाे । गिरीका अनुसारसरोकारवाला व्यक्ति एवं निकायहरुसँगको निरन्तर सहकार्य, समन्वयमा निरन्तर प्रयास मार्फत उक्त राजमार्गको अवरोध हटाएकाे थियाे । मध्यरात देखिनै हटाउने कार्य एकतर्फी रुपमा बाटो सञ्चालनमा ल्याइएको उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























