काभ्रे– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरण गर्न अनुरोध गरेको छ । नि. प्रमुख प्रशासकीय अधिकृत शिवहरी पाठकले एक सूचना जारी गर्दै समयमै नविकरण गर्न सो अनुरोध गरेको हो ।
सामाजिक सुरक्षा भत्ताबाट लाभग्राही व्यक्तिले आ–आफ्नो वडा कार्यालयमा स्वयम आफै उपस्थित नविकरण गर्न पाठकले जारी सूचनामा उल्लेख छ । उनका अनुसार मिति २०८१।०४।०१ गते देखि मिति २०८१।०५ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि निवेदन दिनुपर्ने छ ।
यी हुन् नविकरणको लागि चाहिने कागजातहरुः
१. सामाजिक सुरक्षा भत्ताबाट लाभाम्बित व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता कार्ड,
२. निवेदकको पास्पोर्ट साइजको फोटो २ प्रति,
३. अपाङ्गको हकमा अपाङ्गता परिचयपत्र,
४. एकल महिलाको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस,
५. विधवा महिलाको हकमा पतिको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि,
६. दलित बालबालिकाको हकमा जन्मदर्ता र संरक्षकको नागरिकताको सक्कल प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र नं (सम्भव भएमा)
७. वैङक खाता नम्बर
८. ९० वर्ष भन्दा माथि र पुर्ण अपाङ्गताहरुको हकमा संरक्षकको नागरिकताको प्रतिलिपि
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























