रोशी- काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ५, लुर्पुङथामा रहेको बुद्धचित माला टिप्न दर्जनौं प्रहरी परिचालन गरेको छ । स्थानीय आइतसिं तामाङको बारीमा रहेको सो माला टिप्न वडा अध्यक्ष निरध्वज तामङकै सिफारिसमा प्रहरी तैनाथ गरिएको हो ।

स्थानीय ब्यापारी सूर्य लामाले ५ बर्षको लागि लिने कागज बनाएपनि घर धनीलाई पैसा दिन नमानेपछि विवाद भएको बुझिएको छ । व्यापारी र माला धनी बीचमा वार्षिक ५० लाख दिने संझौता भएकोमा कर छल्ने उद्देश्यले वडा कार्यालयमा देखाउन २२ लाखको सम्झौता कागज बनाएको थियो ।

व्यापारी सूर्यबहादुर लामाले २२ लाखको कागजलाई मात्र आधार मानेर रकम दिने भनेपछि विवाद भएको थियो । माला धनी आइतसिंका अनुसार दुवै कागज आफुसँग भएको र सूर्यबहादुरले २२ लाखलाई मात्र आधार मानेका छन ।

वडा अध्यक्ष निरध्वज लामाले ब्यापारी सूर्यबहादुरको पक्ष लिई प्रहरी नै परिचालन गरेर माला टिपेपछी घरधनी आक्रोशित भएका छन ।

मालाको बोट भएको क्षेत्रमा अहिले दर्जनौ प्रहरी परिचालन गरि प्रहरीकै संलग्नतामा माला टिपिरहेको स्थानीयले बताइएको छ । माला टिप्ने क्रममा माला धनी आइतसिंको नाति बिप्लब तामाङ माथी हातपात समेत गरेको छ । प्रहरीकै अगाडि लछारपछार गर्दा पनि प्रहरी भने मुकदर्शक देखिएको छ ।

सूर्यबहादुरले संझौता अनुसार रकम नदिएपछि आफ्नो माला आफैले टिप्न पाउँ भनी उच्च अदालतमा ०८०-wo-२९९६ नं.मा दर्ता भएको मुद्दा चलिरहेको र बुधबार पेशी तोकिएको बुझिएको छ । मुद्दा बिचाराधिन अवस्थामा रहेको बेला प्रहरी परिचालन गरेर माला टिप्ने काम भएको छ ।

बलजफ्तीपूर्ण ढंगले माला टिपेकोमा माला धनी आइतेसिंले आपत्ति जनाएका छन । वडाध्यक्ष निरध्वज समेत सूर्यबहादुरको पक्षमा लागेर प्रहरी परिचालनको लागि सिफारिस गरेको उनको आरोप छ ।

माला ब्यापारी सुर्यबहादुर लामाले भने आफुले ५ बर्षको सहमति गरेको तर माला धनीले सहमति अनुसार माला आफुलाई नदिइ झुलाउने गरेको आरोप लगाए ।

मुद्दाको किनारा नलाग्दै र सहमति बेगर एकपक्षीय रुपमा प्रहरीको बलमा माला टिप्न खोज्नु बल मिचाइ भएको बताउँदै वडा कार्यालय र प्रहरी विरुद्ध आफु पुनः अदालतमा जाने मालाधनी आइतेसिंले बताए।

यसैवीच जिल्ला प्रहरी कार्यालय धुलिखेलका सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले‌ भने सुरक्षा माग भइ आएको हुदा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व भएकोले प्रहरी परिचालन गरिएको प्रतिक्रिया दिएका छन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।