धुलिखेल– काभ्रे जिल्लाको धुलिखेलमा रहेकाे धुलिखेल सामुदायिक अस्पतामा उपचारकाे क्रममा नवजात शिशु र आमाकाे मृत्य भएकाे छ । सुत्केरी हुनका लागि असुपताल भर्ना भएको उनीहरुकाे आज अस्पतालमै मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका-९ निवासी कान्छामान लामा तामाङकी श्रीमती माईली माया तामाङ (उमेर ३०) र उनकाे नवजात शिसु रहेका छन् । माईली माया तामाङ ३२ हप्ता ४ दिनको गर्भवती थिइन्।
पहिले देखिनै नियमित चेक जाँच गराउँदै आएकी माईली माया तामाङ मिति २०८१/०४/०७ गते पुन: चेक जाँचको लागि मेथिनकोट अस्पताल, भकुण्डे पुगेकी थिइन्। सोही दिन उनको अवस्था बिग्रिएकोले धुलिखेल अस्पतालमा बिस्तृत परीक्षणको लागि पठाइएको थियो।
धुलिखेल अस्पतालमा आमा र नवजात शिशुको अवस्था गम्भीर रहेकोले ९ गते २ बजे अप्रेशन गरी नवजात शिशु निकालिएको थियो । गम्भिर अवस्था रहेकाले नवजात शिसुकाे दिउँसाे १:२० बजे मृत्यु भएको थियो।
आमाको पनि अवस्था गम्भीर रहेकाले उनलाई २:१५ बजे ICU मा राखिएको थियो। उपचारको क्रममा माईली माया तामाङको ९ गते ३:१५ बजे मृत्यु भएको थियो।
यस घटनालाई लिएर विभिन्न पक्षबीच छलफल भए पनि ठोस निष्कर्षमा पुग्न नसकेको जनाइएको छ। यस घटनाले अस्पतालको चरम लापरवाही भएको भन्दै आफन्तहरू आक्रोशित भएका छन् । यस अघि पनि विगत वर्षहरूमा पटक पटक सुत्केरी महिलाको र बिरामी कुरुवाको समेत निधन भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























