रोशी– काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९, मंगलटारबजारमा रहेको इलाका प्रहरी कार्यालयले अबैध रुपमा ओसार पसार गर्दै आएको कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीका अनुसार विपि राजमार्गमा चेकजाँच गर्ने क्रममा आज दिउँसो ४ बजे सो कपडा बरामद गरेको हो ।
मन्थलीबाट काठमाण्डौं तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०६–००१ ज. ०१३७ नम्बरको यात्रुबाहक इलेक्ट्रिक भ्यान भित्र डिकि र सिटमा सो कपडा फेला पारेको इन्स्पेक्टर गिरीले तेमाल अनलाइनलाई जानकारी दिए ।
उनका अनुसार भन्सार तिरेको बिल बिजक लगायतको कागजातहरु बेगर शंकास्पद रुपमा अबैध ओसार पसार गरी ल्याएको भारतिय रोल कपडाहरु फेला पारी कानूनको रितपुर्वक खानतलासी बरामद गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान बिभागमा बुझाईएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























