काठमाडौं । विश्वकप फूटवल खेलमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न शर्तहरु पालना गर्न सूचना जारी गरेको छ ।

आजदेखि शुरु हुने विश्वकपलाई लक्षित गरी कार्यालयले शर्तहर सार्वजनिक गरेको हो ।

प्रहरीले पनि विश्वकपमा हुन सक्ने सुरक्षा चुनौतीलाई केलाएर यसका लागि विशेष सुरक्षा योजना बनाइएको छ। प्रहरीका अनुसार फुटबल हेर्ने क्रममा झै–झगडा हुन सक्ने भएकाले टोलटोलमा प्रहरी खटाउने तयारी छ। जिल्ला सुरक्षा समितिको बैठकले फुटबल हेर्ने क्रममा छिमेकीलाई बाधा पुर्‍याउनेलाई पक्राउ गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयले त्यस सम्बन्धी परिपत्र गरेको र त्यही अनुसार सुरक्षा योजना बनिरहेको काठमाडौं परिसरका डिएसपी मोहनकुमार थापाले बताए। साथै विश्वकपमा बाजी राख्नेहरुलाई पनि निगरानी राखिएको प्रहरीले जनाएको छ। धेरै जमघट हुने रेस्टुरेन्टहरुमा पनि प्रहरीले निगरानी बढाउने भएको छ।

सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, टिकट काटेर विश्वकप देखाउन नपाउने लगायत निर्णय सुरक्षा समितिले गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको सूचना यस्तो छः

Comments

comments