हेटाैंडा– वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सि‌ लामाको क्याबिनेटमा पनि दलित समुदायकाे प्रतिनिधित्व शुन्य भएकाे छ । केन्द्र सरकारमा दलित समुदायलाई उपक्षा गरेसँगै वागमती प्रदेश सरकारमा पनि उपेक्षा गरिएकाे हाे ।

यसैबीच मुख्यमन्त्री लामाकाे क्यबिनेटमा नियुक्त भएका अधिकांश मन्त्रीहरू काठमाडौँ उपत्यकाका रहेका छन् । उपत्यकाका ३ जिल्लाका मात्र ९ मन्त्री मुख्यमन्त्री लामाको क्याबिनेटमा मन्त्री बन्ने अवसर पाएका छन् ।

१३ जिल्ला रहेको प्रदेशमा १३ मन्त्रालय रहेको छ । उक्त मन्त्रालयमा ७ जिल्लाका सांसदले मन्त्री हुने अवसर पाएका छन् । प्रदेश राजधानी रहेको मकवानपुर सहित रसुवा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोकले मन्त्री पाएनन् ।

१० निर्वाचन क्षेत्र रहेको काठमाडौँले मात्र ६ मन्त्री पाएको छ । उपत्यकाको ललितपुरले २ र भक्तपुरले १ मन्त्री पाएको छ । काठमाडौँबाट एमालेका प्रकाश श्रेष्ठ, अमन कुमार मास्के मन्त्री बने भने कांग्रेसबाट श्याम खड्का, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, विमल ठकुरी मन्त्री बने ।

ललितपुरबाट एमालेका प्रेमभक्त महर्जन र कांग्रेसका मीनकृष्ण महर्जन मन्त्री बन्ने अवसर पाए भने भक्तपुरबाट एमालेका किरण थापा मन्त्री बने ।

कांग्रेसबाट दोलखाका कुन्दनराज काफ्ले, धादिङका मदु कुमार श्रेष्ठ मन्त्री बने भने एमालेबाट सिन्धुलीकी सुकमाया तामाङ र चितवनका कृष्णप्रसाद सिलवाल मन्त्री बने । ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।