राेशी– इलाका प्रहरी कार्यालय मंगलटारले एउटा नाैलाे अभियान सञ्चालन गरेकाे छ । ‘स्वस्थ शरिरको लागि उदेश्य सहितको भ्रमण’ अर्थात “WALK FOR PURPOS” कार्यक्रम गत असार २९ गतेबाट शुरु गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय, मंगलटारमा कार्यालय प्रमुखकाे रुपमा इन्स्पेक्टर कृष्ण गिरी आएपछि दैशभरिमै याे नाैलाे कार्यक्रम अघि सारकाे छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अन्तर्गत समुदायसंगको सहकार्य गर्दै विभिन्न कार्यमा संलग्न हुने गरेका छन् ।

यस कार्यालय मातहतमा ४ वटा प्रहरी चाैकीहरु रहेका छन् । प्रहरी कर्मचारीहरु आम समुदायमा फरक ढङ्गले उपस्थित भई समाजमा प्रतिनिधिमूलक गतिविधी / कार्यको माध्यमबाट सचेतना अभिवृद्दि गर्ने उदेश्यका साथ याे कार्यक्रमकाे आयाेजना गरेकाे इन्स्पेक्टर गिरीले बताए ।

‘कार्यालय तथा मातहत ४ वटा प्रहरी चौकीहरुबाट एकै साथ एउटै समयमा आ-आफ्नो कार्यक्षेत्रको विभिन्न धर्मिक स्थलहरु, सार्वजनिक सम्पदाहरुमा गस्ति खटि गई समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अन्तर्गत समुदायसंगको सहकार्यमा धर्मिक स्थलहरु लगाएत सरसफाई तथा समुदायमा सचेतना मूलक कार्यक्रमहरु समेत गर्ने गरेका छाैं ।’

गिरीले भने ।कुन ठाउँमा के गरे ?

इ.प्र.का.मंगलटार
रोशी गा.पा.९ राम्चे स्थितमा रहेको “राधा कृष्ण मन्दिर” प्रहरी र स्थानिय नागरिकहरुको उपस्थति र सक्रियतामा सरसफाई गरी सथानिय समुदायमा अन्तर्क्रिया समेत गरिएको छ ।
प्रहरी चौकी भकुण्डेबेशीः-
नमोबुद्ध न. पा. ४ नौबिसे स्थितमा रहेको अमरखण्ड हरिनाम संङ् मण्डल मन्दिर स्थानिय, भद्रभलादमी, उक्त धामको समितिका पदाधिकारीहरु समेतको उपस्थितिमा सरसफाई गरिएको छ ।

प्र.चौ. कटुन्जेवेशी

रोशी गा.पा. वडा नं.०७ कटुन्जेवजार स्थितमा चोरी घटना र यसको रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।

प्र.चौ. कानपुरः-

नमोबुद्ध न.पा. ५ कानपुर स्थितमा “शिव मन्दिर” प्रहरी र स्थानिय मानिसरहरुको सक्रियतामा सरसफाई गरी अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

प्र.चौ. पोखरीनारायणस्थानः-

स्थानियहरुसँग समेतको समन्वयमा तेमाल गा.पा. ५ स्थित रहेको श्री सत्यनारायण मन्दिर जाने मार्ग, सो मन्दिरको प्राङ्गण लगाएतको स्थानहरु समेतको सरसफाई गरिएको  छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।