राेशी– काभ्रे जिल्लामा रहेकाे राेशी खाेलाले बगाउँदा एक महिलाकाे मृत्यु भएकाे छ । इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर कृष्ण गिरीका अनुसार मृत्यु हुनेमा राेशी–९, चिउरीवास निवासी क्षाेत्रबहादुर लामाकाे श्रीमति वर्ष ४५ काे आरती लामा रहेकाे छ ।
आज शनिवार दिउँसाे ४ बजे नुहाउने भनेर घरबाट निस्केका आरतीलाई राेशी खाेलाले बगाएकाे थियाे । साँझ करिब ६:३० बजेको समयमा आरतीकाे शव तेमाल गा.पा. वडा नं. ८ पानथली स्थित रोशी खोलाको बगर डुवि रहेको अवस्थामा फेला परेकाे प्रहरीले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























