मिलन लामा दाेङ

मलेसिया– वैदेशिक राेजगारकाे सिलसिलामा मलेसियामा पुगेका एक नेपालीकाे सुतेकै अवस्थामा निधन भएकाे छ । निधन हुनेमा सिन्धुली जिल्ला कमलामई नगरपालिका वडा नं. २ निवासीधनबहादुर मगर र जानुका मगरकाे छाेरा बालकृष्ण मगर रहेकाे छ । 

उनकाे शुक्रबार राती १२ बजेको समयमा निधन भएकाे विमल भण्डारीले जानकारी दिएको छ । मगर मलेसिया स्थित निलाईमा रहेकाे कामी सेक्युरिटीमा कार्यरत थिए । उनी गत बैशाख १६ गते रिलेशन इम्प्लाेइमेन्ट सर्भिस प्रालि मार्फत मलेसियामा पुगेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।