हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएकाे थियाे । ११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०३ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री लामाले विश्वासको मतका लागि राखेका प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । विश्वासको मतका लागि भएको मतदानमा तीन जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।

मुख्यमन्त्रीले राखेका विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको थियो ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टी मतदानमा तटस्थ रहेका थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।