धुलिखेल– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काभ्रे जिल्लाको बनेपामा आउने भएको छ । पार्टीको महाभारत गाउँपालिका कमिटि र महाभारत उपत्यका समन्वय समितिको आयोजनामा शनिवार हुन लागेको एक कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड काभ्रे आउने भएको हो ।

माओवादी केन्द्र महाभारतले बनेपामा रहेको कायस्थ बैंक्वेटमा राजनैतिक वैचारिक प्रशिक्षण तथा भेला कार्यक्रमको आयोजना गरिएको छ । महाभरत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अध्यक्ष प्रचण्ड अपरन्ह १२ बजे बनेपा आइपुग्ने कार्यक्रम रहेको छ ।

जानकारी सम्बन्धमाः  नेकपा (माओवादी केन्द्र) महाभारत गाउँपालिका कमिटिका इन्चार्ज सुजन लामाका अनुसार पूर्व निर्धारित कार्यक्रम स्थगित भएको जानकारी प्राप्त भएकाे छ । याे समाचार प्रकाशन भएपछि साे जानकारी प्राप्त भएकाे हाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।