धुलिखेल– नेकपा (एकीकृत समाजवादी) ले काभ्रे जिल्लाबाट आफ्ना ६ जना नेताहरुलाई केन्द्रिय समितिमा मनाेनित गरेकाे छ । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने क्रममा काभ्रे जिल्लाबाट ६ जना मनाेनित गरेकाे हाे ।
केन्द्रीय सदस्यमा मनाेनित हुनेहरुमा टोक बहादुर वाईबा, लक्ष्मण लम्साल, विदुर सापकोटा, मुकुन्द गौतम, पासाङ ढोल्मु तामाङ र यशु लामा रहेका छन् । वाईबा, लम्साल, सापकोटा र गौतम यसअघि पनि केन्द्रीय सदस्य थिए । पासाङ र यशु भने महिलाकाेटाबाट केन्द्रीय समितिमा मनाेनित भएका जिल्लाबाट केन्द्रीय कमिटीमा मनाेनित हुनेहरु मध्य नयाँ हुन् ।
पासाङ र यशु पार्टीकाे १० औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदकाे लागि प्रतिस्पर्धा गरेका थिए ।पासाङ निर्वाचित भएका थिए भने यसु पराजित भएका थिए । अधिवेशनमा निर्वाचित उपाध्यक्ष र उपाध्यक्षमा पराजित दुई जनालाई केन्द्री समितिमा मनाेनित गरेपछि जिल्ला अध्यक्ष बसुन्धारा हुमागाईं र जिल्ला समन्वय समितिका प्रमुख दिपक गाैतमले असन्तुष्टि जनाएकाे स्राेतले बताएकाे छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























