‘विप्लब संगठित आतंकवादी र सामाजिक फाँसीवादी’ –प्रवक्ता बाँस्कोटा

बनेपा– नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सांसद तथा पुर्व मन्त्री गोकुल बास्कोटाले शिक्षकहरु समय र परिस्थिती अनुसार अपडेट नभएको गुनासाे गरेका छन् । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २१ औ जिल्ला परिषदलाई सम्बाेधन गर्दै सांसद बाँस्काटाले यस्ताे गुनासाे गरेका हुन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै बाँस्काटाले शिक्षकहरु समय र परिस्थिती अनुसार अपडेट भई शिक्षा प्रदान गर्नु पर्नेमा जाेड दिँदै पुरानो शिक्षण सिकाई अब काम नलाग्ने समेत बताए । सामुदायिक विद्यालयको शिक्षा खस्कदै गएकोमा चिन्ता व्यक्तदै गर्दै उनले पुर्वाधार र शिक्षक पर्याप्त हुँदा पनि शिक्षाको स्तरीयता कसरी खस्कँदै गयो कारण खोज्नु आफ्ना शिक्षकहरुलाई निर्देशन समेत दिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २१ औ जिल्ला परिषदबाट सगंठनको अध्यक्षमा भिमसेन हुमागाई चयन भएका छन् । तत्कालिन अध्यक्ष रामचन्द्र थापा पेशागत महासघं वागमती प्रदेशको अध्यक्षमा निर्वाचित भए पछि उक्त पद रिक्त भएपछि रिक्त पदमा भिमसेन हुमागाईलाई अध्यक्षमा चयन गरेको हाे । परिषाद्ले उपाध्यक्षमा विद्यालक्ष्मी देउजा, सचिब योगेन्द्र प्रसाद बडाल, कोषाध्यक्षमा चन्द्रप्रसाद तिमल्सिना चयन भएका र अन्य पदमा अघिल्लो कार्य समितिका सदस्यहरुको निरन्तरता रहेको स‌ंगठनले जनाएकाे छ ।

परिषद नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।