तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाले जनैपूर्णिमाका उपलक्ष्यमा ३ दिन सार्वजनिक विदाको घोषणा गरेको छ । गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले आज एक सूजना जारी गर्दै ३ दिन सार्वजनिक विदाकाे घोषणाा गरेकाे हाे ।

उँपालिकाले आगामी भदाै २ गतेदेखि ४ गतेसम्मकाे लागि सार्वजनिक विदा दिएको सूचनामा उल्लेख छ । गाउँपालिका अन्तर्गतका कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु, वडा कार्यालयहरु तथा सरकारी तथा गैर सरकारी ( बैंक तथा वित्तिय ) संस्थाहरुलाई समेत सार्वजनिक विदा हुने जनाएको छ ।

‘गाउँपालिकाको केन्द्रमा अवस्थित श्री सत्यनारायण मन्दिर परिसरमा जनै पूर्णिमाको पावन अवसरमा परापूर्वकाल देखि नै जनैपूर्णिमाको दिन धार्मिक जात्रा हुने गरेको र नारायणस्थान मन्दिरमा लाग्ने धार्मिक जात्रा (मेला) तेमालको साँस्कृतिक पर्व कै रुपमा विकसित भएको र तेमाल लगायत आसपासका गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाबाट समेत दर्शनार्थी भक्तजनहरु उपस्थित भई अनुष्ठान गर्ने भएकोले यस जात्रा (मेला) लाई सभ्य र भव्य रुपमा मनाउन मिति २०८१ भाद्र २ गते देखि ४ गतेसम्म यस तेमाल गाउँपालिका अन्तर्गतका कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु, वडा कार्यालयहरु तथा सरकारी तथा गैर सरकारी ( बैंक तथा वित्तिय ) संस्थाहरु समेत सार्वजनिक विदा (स्थानीय पर्व विदा) दिने यस गाउँपालिकाको मिति २०८१ ।०४ । ३१ अध्यक्षस्तरीय निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ ।

यस्ताे छ सूचनाः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।