धुलिखेल । सुचनाको हक संरक्षण सम्र्वद्घन र प्रचलन सम्वन्धि गोष्ठी तथा प्रदेश नम्वर ३ को पहिलो बैठक आज (शुक्रबार) धुलिखेलमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रेको आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता सुचना आयुक्त यशोदादेवी तिमल्सिनाले गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै संचारकर्मी लाई कहिले पनि सुचनाको खाँचो नहुने बताएकी छिन् । सुचनाको हक भनेको खाली भष्ट्रचारसंग मात्र रिलेटेड नभएको र साना भन्दा साना कुरा नै सुचनाको हक भएको स्पष्ट पारिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरी, धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जु, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावत, जिल्ला समन्वय समिति प्रमुख उद्घव के.सी नेपाल पत्रकार महासंघ काभ्रेका सल्लाहाकार भोला थापा, लगायतले सुचनाको हक संरक्षण सम्र्वदन र प्रचलन सम्वन्धि भनाई राखेका थिए । कार्यक्रम ३ नम्वर प्रदेशको अध्यक्ष प्रताप विष्टको सभापतित्वमा सम्पन्न हो ।























