पाँचखाल– अस्ट्रेलियामा बेपत्ता भएका काभ्रे जिल्लाकाे पाँचखालका सुबास बोलाखेको शव फेला परेको छ । परिवारसँग सम्पर्क बिहीन भएको २१ दिनपछि सुबासको शव सिड्नी स्थित समुन्द्री तटमा फेला परेको हो ।
२८ वर्षीय बोलाखे अस्ट्रेलियाको बेक्सले भन्ने शहरबाट सम्पर्क बिहीन भएका थिए । सुबास २०८० सालमा अस्ट्रेलिया गएका थिए ।
पाँचखाल नगरपालिका वडा नम्बर ७ घर भएका सुबास जुलाई २७ तारिखसम्म परिवारको सम्पर्कमा थिए । त्यसपछि एकाएक सम्पर्क बिहीन भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























