धुलिखेल । सञ्चार तथा सूचना प्रविधि मन्त्रि गोकुल बाँस्कोटाले श्रमजीवि पत्रकार ऐन प्राइभेटमा भन्दा सरकारी क्षेत्रमा मात्र लागु गर्न सहज भएको बताए ।
साना लगानीमा को मालिक को श्रमजिवि नछुटिने हुनाले अब छिटै नै यसको नीतिनियम बनाउने र लागु गराउने योजनामा रहेको जानकारी दिए । श्रमजीवि पत्रकार ऐनको कार्यन्वयन समस्या र समाधानका उपायहरु प्रदेश स्तरीय अन्तरक्रियात्मक गोष्ठी एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री बाँस्कोटाले आज (शुक्रबार) उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बाँस्कोटाले समानुपातिक विज्ञापन र लोक कल्याणकारी विज्ञापनमा प्रदेशमा, केन्द्रमा र संघमा कसरी लागु गने, कसरी जाने, कसरी धान्न सकिन्छ भन्ने बारे आफू लागिपरेको स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरु लाई नियुक्ति पत्र बिना काम नगर्न आग्रह गरे । यसमा पत्रकार आफै सचेत हुनपर्ने बताए । त्यसैगरी मिडिया संचालकहरुलाई विना पारिश्रमिक पत्रकारहरुलाई काम नलगाउन सुझाव दिए ।

यसैगरि न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुलाई थोरै पारिश्रमिक थोरै काम भन्दा पनि बरु उही पत्रकारलाई धेरै पारिश्रमिक धेरै काममा लगाउनुमा उपयुतm भएको बताए ।
यसै अवसरमा प्रदेश नम्वर ३ का निर्वाचित कार्यसमितिहरुलाई पत्रकार महासंघ जिल्ला शाखाले बधाई तथा शुभकामना दिएको थियो ।






















