बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिका-४ नालामा आगोलागीबाट करिब ५ लाखको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान करिब ४:१५ बजे बनेपा नगरपालिका-४ नालाका ४६ बर्षीय गोबिन्द सापकोटाले गाइ पाल्न बनाएको इट्टा र माटोको पर्खाल र जस्ताको छानो भएको गोठमा बिधुत सर्ट भै आगोलागी भएको हाे ।

प्रहरीका अनुसार आगोलागीबाट १ वटा गाइ जली मरेको, उक्त गोठ भित्र रहेको भुसा काटने मेसिन, सो मेसिनको मोटर, पराल, भुसा र गोठ समेत जली नष्ट भएको प्रहले जानकारी दिए ।

आगोलागीको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटि, स्थानिय र बनेपा नगरपालिकाको वारुण यन्त्रको सहायताले आगो ०५:०० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।