बनेपा– नेकपा एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को तेश्रो काभ्रे जिल्ला अधिबेशन सम्पन्न भएकाे छ । आज सम्पन्न अधिवेशनले  प्रल्हाद चौलागाईलाई पुनः अध्यक्षमा निर्विराेध निर्वाचित गरेकाे छ ।

कार्यक्रमकाे उद्घाटन केन्द्रिय अध्यक्ष खोपनिधी लोहनीले एक समाराेहका बीच गरेका गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी लोहनीले ब्यवसायीक प्रतिस्पर्धा, पछिल्लो अवस्था र ब्यवसायीहरुको पेशाको सुरक्षामा ध्यान दिन सरकारसँग गरिएका अपेक्षा पुरा गर्न सबै ब्यवसायीहरु एक जुट हुनु पर्ने बताए ।

अधिबेशनले समितिकाे  उपाध्यक्षमा विकास लामा, सचिवमा विश्वमणी धिताल, सह–सचिवमा  रोशन तिमल्सिना, काेषाध्यक्षमा कृष्ण लामा कोषाध्यक्ष, सह–काेषाध्यक्षमा स्वस्तिक ब्याञ्जु र सदस्यहरुमा नारायण कार्की, नविन थापा, राजकुमार लामा, जयराम लामा, अनिलकुमार मगर, केशव गौतम, थिरबहादुर लामा, विनोद ढकाल, अरुण अधिकारी चयन भएका छन् ।

कार्यक्रममा विशेषा अतिथिमा नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, अतिथिहरुमा  पुर्व मन्त्री चन्द्र लामा, परिषद्का केन्द्रिय महासचिव रामशरण देउजा, काभ्रे इन्चार्ज एवं सचिवालय सदस्य नारायण बडाल, केन्द्रिय सदस्यहरु उपेन्द्र घिसिङ्ग, राजकुमार बुढाथोकी, राजेश गौतम, अकुर गौतम, निर्माण ब्यवसायी संघका अध्यक्ष विजय लामा लगायतले मन्तब्य राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।