काभ्रे– नेकपा (एकीकृत समावादी) को पदाधिकारी निर्वाचनमा काभ्रेबाट ३ जना नेताहरु पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका छन् । पाेलिटब्यूराे सदस्य पदमा काभ्रेबाट ४ जनाले उम्मेदवारी दिए पनि ३ जना नेताहरु मात्र निर्वाचित भएका हुन् ।
निर्वाचित हुने नेताहरुमा विदुर सापकोटा, टोक बहादुर तामाङ (वाईबा) र लक्ष्मण लम्साल रहेका छन् । काभ्रे जिल्लाकाे पूरानाे नेताकाे रुपमा परिचित नेता सापकोटाले ११९ मत, मण्डनदेउपुर नगरपालिकाकाे प्रमुख समेत रहेका वाईबाले १२८ मत र पूर्व मन्त्री तथा वागमती प्रदेशसभा सदस्य सांसद लम्सालले १४९ मत प्राप्त गरेकाे थियाे ।
अर्का केन्द्रीय सदस्य मुकुन्द गाैतम भने पराजित भएका छन् । गाैतमले जम्मा ४१ मत मात्र प्राप्त गरेकाे थियाे ।
यसैबीच सापकोटा र वाईबाको पदाधिकारी तर्फ सचिव पदमा समेत उम्मेवारी दिएकाेमा दुबै जना पराजित भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























