धुलिखेल– काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ५ सदस्यीय सहजीकरण समिति गठन गरेको छ । मन्त्रालयको भदौ ९ गते बसेको बैठकले सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, पुर्व मन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल बास्कोटा, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठ, प्रा.डा. सिताराम अधिकारी, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु रहेका छन ।
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल व्यवस्थापनबिच उत्पन्न असमझदारीका कारण दुवै संस्थाको कार्य सम्पादनमा गम्भीर असर परिरहेको अवस्थाको अन्त्य गरी काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको सुसंचालनका लागि दुवै संस्थाविच विगतमा झैं सौहार्द सम्बन्ध विकासका लागि आवश्यक सहजीकरणको लागि सहजीकरण समिति गठन गरेको मन्त्रालयले जनाएकाे छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























