-सुदिन लामा दोङ

काभ्रे । सिंगो तामाङ समुदायको गौरवमय संस्था नेपाल तामाङ घेदुङ तेमाल गाउँ समिति गठन भएको छ । आज

शनिबार सम्पन्न घेदुङको भेलाले इन्द्रजीत लामाको अध्यक्षतामा कार्य समिति गठन गरेको छ ।

भेलाले उपाध्यक्षमा हस्त बहादुर तामाङ र ज्ञानी लामा, कोषाध्यक्षमा मिङमा लामा, सचिवमा जिवराज तामाङ, सदस्यहरुमा रत्न लामा,सुनमाया लामा, राजु लामा, कर्मध्वज तामाङ, चन्द्र सिं लामा रहेको छन् भने एकजना पछि थप्ने निर्णय गरेको छ ।

भेला नेपाल तामाङ घेदुङको प्रदेश ३ का उपाध्यक्ष जित बहादुर तामाङको प्रमुख आतिथ्यमा तेमाल गाउँपालिका भेला संयोजक कुवेर दोङको विशेष पहलमा सम्पन्न भएको हो । तामाङ समुदायको हकहित, भाषा, धर्म, संस्कार र संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएको आयोजकले बताएको छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।