u[xdGqL n]vs s~rgk'/, @) ebf}M s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsf–!) emnf/Ldf g]kfnL sf+u|]; lgjf{rg If]q g+ @ If]qLo sfo{;ldltn] laxLaf/ cfof]hgf u/]sf] sfo{stf{ e]63f6 sfo{qmddf dGtJo /fVb} u[xdGqL /d]z n]vs . tl:a/M /fh]Gb|k|;fb kg]?÷/f;;

काठमाडाैं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमाले बागमती प्रदेश र काठमाडौँ जिल्ला कमिटीका नेताहरूले भेट गरेका छन्। बिहीबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटार पुुगेर एमाले नेताहरू राजन भट्टराई, दिपक निरौला, विद्यासुन्दर शाक्य लगायतले प्रचण्डसँग भेट गरेका हुन्।

भेटमा काठमाडौँका नदी किनाराका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाबारे ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष प्रचण्डले काठमाडौँको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताएका छन्।

नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले यो निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गरेका थिए।

सर्वदलीय भेटमा सहभागीहरुले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौँमा ठूलो समस्या सुरु भएको बताएका थिए।

अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०र२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार विस्थापित हुने र पशुपति नाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए।

काठमाडौँ महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उनीहरूले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने बताए।

आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यहरूले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टी अध्यक्षको रुपमा प्रचण्डलाई भेट्न आएको बताएका थिए।

प्रतिनिधिमण्डलमा नेकपा एमालेका नेता राजन भट्टराई, काठमाडौँ महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर शाक्यलगायतको सहभागिता रहेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।