पनौती– काभ्रे जिल्लाकाे पनौती नगरपालिका वडा नम्वर ७ ले विकासकाे लागि परामर्श गर्न थालेको छ । स्थानीय स्तरमा वडा क्षेत्रको विकासका लागि नगरपालिका, प्रदेश र संघ सरकारबाट विनियोजित रकम, योजना तथा त्यसको अवस्थाका बारेमा जानकारी गराउँदै आगामी दिनमा गरिने विकासका लागि सुझाव संकलन सहित परामर्श थालेकाे हाे ।

आर्थिक वर्ष २०७९/२०८०, २०८०/२०८१ र चालु वर्ष २०८१/२०८२ मा गरिने योजना, योजनाले स्थानीय क्षेत्रमा पार्ने प्रभावका बारेमा सरोकारवाला निकाय तथा स्थानीय वडामा रहेका अग्रज ब्यक्तिहरु मार्फत सल्लाह सुझाव लिएको अध्यक्ष सविन ताम्राकारले बताए । पहिलो अािर्थक वर्ष ५ करोड ४९ लाख र दोश्रो आर्थिक वर्ष ५ करोड ६८ लाख ७० हजार रकमका योजना, योजनाको अवस्था र त्यसको कार्यान्वयनका बारेमा जानकारी गराईएको थियो ।

अध्यक्ष ताम्राकारले विश्व सम्पदा सूचीमा प्रस्तावित पनौतीको वडा नम्वर ७ का सम्पदाहरु, संग्राहलय तथा पुरातत्व महत्वका स्थानहरुको संरक्षण, सम्र्वद्धन, प्रर्वद्धन र निर्माणका लागि भएका प्रयासमा सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । सहभागिहरुले स्थानीय स्तरको विकासमा सबै क्षेत्रको समन्वय र सहयोग लिन सुझाव दिएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।