बनेपा- जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले दलगत रुपमा न्यायको फैलसा हुन नहुनेमा जोड दिएका छन् । बनेपामा सम्पन्न काभ्रेकाे १३ वटै स्थानीय तहका न्यायिक समितिहरुलाई अभिमुखीकरण कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख गाैतमले यस्ताे बताएका हुन् ।
गाैतमले न्यायिक समितिको काम, कर्तब्य र क्षेत्राधिकारका बारे राम्रोसँग अध्ययन गर्न समेत सबैलाई आग्रह गर्दै न्यायिक निकायबीचको समन्वयलाई समेत विशेष ख्याल गर्न समेत अनुराेध गरे ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जिल्लाका न्यायिक समितिको आयाेजनामा भएको साे कार्यक्रममा काभ्रे जिल्ला अदालतका न्यायाधीश मात्रिका प्रसाद आचार्यले न्यायिक समितिले भोग्दै आइरहेको समस्या र समाधानका लागि अपनाउन सक्ने उपायका बारे आफ्नो धारण राखेका थिए । त्यसैगरी जिससका उपप्रमुख रिम बहादुर तामाङले न्याय सम्पादनमा एकरूपता ल्याउन आग्रह गरे ।
बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले यो अभिमुखिकरण कार्यक्रमले स्थानीय तहको न्याय सम्पादनमा सहजता मिल्ने बताउँदै न्याय दिलाउने कुरा निकै चुनौती पूर्णरहेको बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जिल्ला प्रशासन कार्यालय र न्यायिक समितिको सम्बन्ध, न्यायिक समितिको काम, कर्तव्य र क्षेत्राधाकार बारे जिल्ला बार एसोसिएसन काभ्रेपलाञ्चोकका अध्यक्ष विष्णुप्रसाद सापकोटा, न्यायिक कार्य सम्बन्धी अभिलेखिकरण ब्यवस्था, न्यायिक समिति र नेपाल प्रहरीसंगको समन्वय सम्बन्धित जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख बशुन्धरा खड्काले सहजीकरण गरेका थिए ।
जिसस प्रमुख दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहका न्यायिक समितिका संयोजक, न्यायिक सहजकर्ता तथा मेलमिलाप कर्ताको सहभागि थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























