काठमाडौ- संसदमा सहकारी ठगी सम्बन्धमा आवाज उठाउँदै आएको कांग्रेस अहिले आफै अप्ठेरोमा परेको छ । पार्टी उपसभापति धनराज गुरुङको नाम पनि सहकारी गठीमा मुछिएपछि नेपाली कांग्रेस अहिले आफै अप्ठेरोमा परेको हो ।
ललितुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको ठगीबारे अनुसन्धानका लागि उजुरी परेपछि गुरुङ र उनकी पूर्वश्रीमतीको पनि नाम जोडिएर आएको छ । यो सँगै संसदमा यसअघि चर्काे आवाज उठाउँदै आएको कांग्रेस केही लचक बनेको छ । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ व्यवस्थापक थिइन् ।
ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा आर्थिक ठगी अपराधमा अनुसन्धानको माग गर्दै जाहेरी दिएपछि गुरुङ पनि मुछिएका हुन् । यद्धपी प्रतिनिधिसभा सदस्य समेत रहेका गुरुङले भने भूतपूर्व श्रीमतीसँग जोडेर आफुलाई सहकारी ठगीमा मुछ्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ज्योति गुरुङ र आफुबीच २०७६ साल फागुन २९ गतेनै सम्बन्ध बिच्छृद भइसकेकोले अलग भएकी श्रीमतीको बारेमा आफुलाई केही पनि थाहा नपाएको जिकिर गरे । गुरुङको सम्बन्ध विच्चेद नभएको र सम्बन्ध विच्छेद नक्कली हो भनेर अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रमाणीत गर्न समेत चुनौती दिएका छन् । सहकारी ठगीबारे छानविन गर्न बनेको विशेष समितिले प्रतिवेदन पेश गर्नै लाग्दा विषयवस्तुलाई अन्त मोड्न आफुविरुद्ध नियोजित रुपमा यो घट्ना ल्याएको बताएका छन् ।
आफुमाथि शंका भएमा छानविन गर्न पनि उनले संसदलाई आग्रह गरेका छन् । संसदमा अहिले रास्वपा लगायत प्रतिपक्षी दलका सांसदहरुले गुरुङको सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई संसदमा उठाइरहेको छ ।
यस्तो घटना एक पटक होइन । उनको जिवनमा पटक–पटक दोहोरिँदै आएको छ । उनी पटक–पटक विवादमा पर्दै आएका छन् । २०५० सालदेखि पटक–पटक विवादित बन्दै आएका उनीमाथि सहकारी गठीको आरोप पनि लागेको हो । २०५० सालमा उनी कूटनीतिक (रातो) पासपोर्ट दुरुपयोग सम्बनधी विवादमा तानिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।