बनेपा- महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले शी लिड्स आइकन–२०८१ को उत्कृष्ट २७ मा काभ्रे जिल्ला बेथानचाेक गाउँपालिकाका उपाध्यक्ष तारा राना छनोटमा परेकी छिन् । देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्वसामु परिचित गराउने उद्देश्यले लिइएको आवेदन मध्येबाट उत्कृष्ट २७ मा उपाध्यक्ष राना छनोट भएकी हुन् ।

‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा नीति, महिला सशक्तीकरण र जवाफदेहिता’ क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरूमा ३ जना उत्कृष्ट छान्नेमध्ये उत्कृष्ट २७ छनोट भएका हुन् । महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहका १ सय ४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको र त्यसमध्ये २७ जना महिला जनप्रतिनिधिलाई जनमतका लागि छनोट गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पूजा कोइरालाले बताइन् ।

उपाध्यक्ष रानाले गरिन् यस्ताे आव्हान

मैले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी मलाई यसरी भोट गर्न सक्नुहुनेछ।
अनलाइन माध्यमबाट भोट गर्न: Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ ।
अफलाइन माध्यमबाट भोट गर्न: मोवाइलको म्यासेज वक्समा गई sli<space>15 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ ।

काे हुन् तारा राना ?

नाम : तारा राना तिमल्सिना

स्थानीय तह: बेथानचोक गाउँपालिका

पद : उपाध्यक्ष

जिल्ला : काभ्रेपलाञ्चोक

प्रदेश: बागमती

मेरो जन्म मध्यम वर्गीय परिवारमा भएको हो । सामाजिक परिवर्तन र उत्पीडित वर्गको हक, हित र अधिकारको लागि मार्क्स, लेनिन, र माओवादका सिद्धान्तबाट प्रभावित भएर म राजनीतिमा आएकी हु।

समाजमा व्याप्त जाति, लैङ्गिक, र वर्गीय भेदभावलाई न्यून गर्नका लागि मैले विपन्न, दलित, जनजाति र एकल महिला कृषकहरूलाई र भैँसी वितरण, , सुन्तला, कागती, किवि जस्ता फलफूल खेती प्रवर्द्धन, न्यायिक कार्य सम्पादन अन्तर्गत दर्ता भएका उजुरीहरूको समाधान, बेथानचोकमा एक घर एक धारा योजना, प्राविधिक शिक्षा, विद्युतीकरणमा काठपोल र फलामको पोल विस्तार गर्ने कार्यहरु सम्पन्न गरिएको छ ।

निष्ठा, त्याग, समर्पण र असल राजनीतिक विचारले मात्र न्यायपूर्ण र प्रगतिशील समाज निर्माण गर्न सकिन्छ।जनप्रतिनिधि हुनु अघि, म शिक्षण पेशा हुदै सहकारी अभियान्ताको रुपमा कार्य सम्पन्न गरेको छु ।स्थानिय सरकार जनताको सबै भन्दा नजिकको सरकार हो यस प्रति जनताको अपार अपेक्षा रहेको छ तर यसलाई आर्थिक र प्रशासनिक ढङ्गले आत्म सक्षम बनाउने तर्फ कसैको ध्यान नगएको देख्दा दुख लाग्छ । स्थानिय सरकार नै समाजवादको आधार हुन् भन्ने कुरा कसरी स्थापित गर्ने होला मलाई यस बिषयले झक्झकाई रहन्छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।