बनेपा- जिल्ला सहकारी संघ काभ्रेको बुधबार सम्पन्न निर्वाचनबाट अमन पाेटे श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनको उम्मेदवार पाेटेले १ सय ९० मतका साथ निर्वाचित भएकाे हाे ।
उनकाे प्रतिस्पर्धी एमालेको प्यानलबाट उम्मदवार बनेका राजन शाक्यले १ सय ४९ मत मात्र प्राप्त गरेका छन् ।
यसैबीच उपाध्यक्ष महिला पदमा गठबन्धनबाट मिरा सत्याल १ सय ७२ मत सहित विजयी हुदाँ एमाले तर्फका उम्मेदवार राधिका दाहाल घिमिरेले १ सय ५३ मत प्राप्त गरेका छन् । उपाध्यक्ष खुल्ला तर्फ गठबन्धनबाट शान्ति लामा तामाङ १ सय ७० मतसहित विजयी भएकी छिन भने एमालेका उम्मेदवार ठाकुरनाथ अधिकारीले १६४ मत प्राप्त गरेका छन् ।
सचिव पदमा भने गठबन्धनका उम्मेदवार यदुनाथ हुमेगाँई पराजित भएका छन् । सचिवमा एमालेका उम्मेदवार प्रकाश बञ्जरा विजयी भएका छन् । बञ्जाराले १ सय ८६ मत ल्याउँदा हुमेगाँईले १ सय ४९ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा गठबन्धनबाट अर्जुन प्रसाद सापकोटा १ सय ७६ मतसहित विजयी हुँदा एमालेका उम्मेदवार हिमाली श्रेष्ठले १६० मत ल्याउनुभएको छ ।
६ जना सञ्चालक समिति सदस्यमा गठबन्धनबाट पूर्ण सागर रंजित १ सय ८०, मोहन कुमार श्रेष्ठ १ सय ६१, अम्बिका तिमल्सिना १ सय ७५ र जगन्नाथ श्रेष्ठ १ सय ६४ मत ल्याएर विजयी भएका छन् ।
एमालेबाट रोशन कुमार श्रेष्ठ १ सय ६० मत ल्याएर विजयी हुँदा गठबन्धनका सुदर्शन अधिकारी र एमालेका उम्मेदवार बलराम मानन्धरले बराबर (१५४/१५४) मत प्राप्त गरेकाे थियाे । अधिकारी र मानन्धरले बराबर मत प्राप्त भएपछि गोला प्रथाबाट छिनोफानो गरिएको थियो । गोला प्रथाबाट गठबन्धनका उम्मेदवार अधिकारी विजयी भएका छन् ।
गठबन्धनबाट महिला सञ्चालनक सदस्यामा देवकी तिमल्सिना दाहाल निर्विरोध निर्वाचित भएकी थिइन् ।
यसैबीच लेखा सुपरिवेक्षण समिति संयोजकमा गठबन्धनका उम्मेदवार डिल्ली प्रसाद आचार्य १ सय ५६ मत सहित विजयी हुँदा एमालेका उम्मेदवार गणेश प्रसाद भट्टराईले १ सय ४१ मत प्राप्त गरेका छन् । लेखा सुपरिवेक्षण समिति खुल्ला सदस्यमा गठबन्धनका पवन राज कर्णजित १ सय ६४ मत सहित विजयी भएका छन् भने एमालेका उम्मेदवार प्रेमनाथ शर्मा कोईरालाले १ सय ३१ मत प्राप्त गरेका छन् ।
जम्मा सदस्य ३४६ मतदाता थिए । जसमा ३४३ मत खसेको थियो । जिल्ला सहकारी संघ काभ्रेको निर्वाचनमा केन्द्रिय सत्ता गठबन्धन विपरित नयाँ गठबन्धन बनेको थियाे ।
माओवादी केन्द्रलाई धाेका
गठबन्धनमा माओवादी केन्द्रबाट बनेकाे सचिव उम्मेदवारलाई भने धोका दिएको छ । माओवादी केन्द्रकाे भागमा परेकाे सचिव पदमा गठबन्धनका उम्मेदवार यदुनाथ हुमेगाँई पराजित भएका छन् । काँग्रेसले आफूहरुलाई धाेका दिएकोमा माओवादी केन्द्रका नेताहरुले दुःख व्यक्त गरेका छन् । याे घट्नाले काँग्रेसमा थाेरै पनि राजनीतिक इमान्दारीता नेदेखेकाे उनीहरुकाे तर्क छ ।
विगतमा विभिन्न क्षाेत्रको निर्वाचनमा पनि काँग्रेसले आफू जित्न अरुकाे साथ लिने तर साथदिनेलाई धाेका दिँदै आएकाे छ । सचिवमा एमालेका उम्मेदवार प्रकाश बञ्जारालाई काँग्रेसले विजयी गराएको उनीहरुकाे आराेप छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।