बनेपा- संघीय सरकारले देशभरका १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाउने क्रममा काभ्रे जिल्लाको पनि चारवटा परेको छ ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत ताेकिएका पालिकाहरुमा भुम्लु, चाैंरीदेउराली, खानीखाेला र महाभारत गाउँपालिका रहेका छन् । साेही अनुसार भुम्लु गाउँपालिकामा सुर्वण खनाल, चौरीदेउराली गाउँपालिकामा अटलप्रकाश पुरी, खानीखोला गाउँपालिकामा विमल रिजाल र महाभारत गाउँपालिकामा सुर्यबहादुर तामाङलाई खटाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।

यस अघि उक्त पालिकाहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु कार्यरत थिए । पटक पटक सरुवा हुँदा पनि हाजिर गर्न नआउने र आए पनि धेरै समय नबसी निमित्त दिएर अन्यत्र सरुवा भएर जाने गरेका कारण सोहि पालिकामा रहेका कर्मचारीहरु मध्ये सिनियर कर्मचारीहरु मध्येबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिदै आएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।