बनेपा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेको एक सातापछि मात्र पदाधिकारी टुंग्याएको छ । संगठनको भदौ २२ गते सम्पन्न २१ औ जिल्ला सम्मेलनबाट सदस्यहरु मात्र टुंग्याइएकोमा शनिबार बसेको पहिलो बैठकबाट ११ सदस्यीय पदाधिकारी चयन गरेको हो ।
बैठकले उपाध्यक्षहरुमामा विकास वाइबा, विकास मोक्तान, सिद्धान्त लामा, प्रमी लामा, सचिवमा सुवास जिम्बा, सह–सचिवहरुमा सरिता तामाङ, विष्णु महत, आशा सुनुवार, मनिस गर्मछन मगर, कोषाध्यक्षमा सुजन चौंलागाईं चयन भएका छन् ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज तेजबहादुर मिजार (विकास), संयोजक भोला अर्याल, विद्यार्थीको केन्द्रिय सदस्यहरु दुधराज लामा, युवाराज तामाङ, युवराज लामा, मुना थापामगर, इन्द्रजीत तामाङ, उर्मिला तामाङ लगायतका सहभागी थियो ।
भदौ २२ गते सम्पन्न सम्मेलनले जिल्लाको सबै पालिकाबाट प्रतिनिधित्व हुने गरि सदस्यहरु चयन गरेको थियो । जस अनुसार बनेपाबाट साकार श्रैष्ठ, सादेश घले, कृष्ण घिसिङ, महाभारतबाट, सुवास जिम्बा, दोर्जे थिङ, ओमसाङ तामाङ, राकेश बमजन, सुरेश रुम्बा, भानुभक्त आलेमगर, बेथानचोकबाट मनिस गुर्वछनमगर, सन्तोष बजगाईं, जीवन तामाङ खानीखोलाबाट सरिता तिमल्सिना, सुकलाल ब्लोन, देशभक्त रुम्बा, विकास वाइबा, भुम्लुबाट सविन थापा, सरुन घिसिरे, सविना बराइली, विष्णु महत, नमोबुद्धबाट विवस लामा, सरिता तामाङ, विपिन कुइकेल, सलिना सार्की, सरित तामाङ, पनौतीबाट निरोज स्याङतान, राज भुजेल, पार्वती ब्लोन, विपन राई, मन्दिप देउजा, मण्डनदेउपुरबाट विनोद विशुंखे, सरोज श्रेष्ठ, चौंरीदेउरालीबाट प्रमी लामा, सागर गौतम, सुजन चौंलागाईं, गणेश गौतम, पाँचखालबाट संगम थापा, आशा सुनुवार, विवेक खतिवडा, प्रेमकुमार राई, तेमालबाट विकास मोक्तान, सविना तामाङ, सनक तामाङ, सरोज त्रिपाठी, धुलिखेलबाट साजन लामा, कविन लामा, सन्तोष श्रेष्ठ, रोशीबाट सुवर्ण लामा, भगवती सेन्चुरी, सिद्धान्त लामा, भिमसेन तामाङ चयन भएको थियो ।
यसैबीच पार्टीकाे उपस्थितिमा पदाधिकारी चयन भएपछि उपाध्यक्षबाट सिधै केन्द्रीय सदस्य भइ जिल्ला इन्चार्ज समेत रहेकी निर्मला गाैतम लगायतले असन्तुष्टि जनाएका छन् । गाैतम समूहले पनि केही हेरफेर गरेर अर्काे पदाधिकारी चयन गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























