नमाेबुद्ध– बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाकाे भेला सम्पन्न भएको छ । शनिबार नमाेबुद्ध नगरपालिकाकाे भकुण्डेबेसीमा सम्पन्न भएको भेलाले जेपी माेक्तानकाे नेतृत्व (सेक्रेरी)मा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

‘स्वतन्त्रताको लागि आत्मनिर्भरता ! आत्मनिर्भरताका लागि प्रचुर उत्पादन !! प्रचुर उत्पादनका लागि बिज्ञान-प्रविधि !!!’ भन्ने मुल नारा सम्पन्न भेलाले सदस्यहरुमा देव लामा, प्रभात मोक्तान, ईन्द्र सिं लामा, भिमदास सारगम, कर्ण सुनार, चन्द्र सुनार, दिलिप लामा, बुद्दिलाल बिस्वाकर्मा, पासाङ डोल्मा लामा रहेका छन् । साथै बाँकी ३ सदस्य पछि थप्ने गरि १५ सदस्यी जिल्ला समिति चयन गरेको बताइएका छन् ।

भेालमा केन्द्रिय कार्यलय प्रतीनिधि कार्यलय सदस्य धनकुमारी सुनार निलम, केन्द्रिय कार्यलय सदस्य काल्साङ लामा, सल्लाहकार सदस्य रबि गुरागाइ, केन्द्रीय सदस्य देव लामा लगायतको उपस्थित रहेको थियाे ।

उक्त भेलाको विद्यार्थी नेता रकमराज तामाङ्ले कार्यक्रम संचालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।