काभ्रे । जिल्लाको बेथानचोक गाउपालिकाको गेल्दुङमा युबाहरुको लागि ‘युबा अबधारणा एबं बाताबरण संरक्षणमा युबा भुमिका’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रम कार्यक्रम ए.इ.आइ., एन एबम टिडि एच जर्मनीको सहयोगमा ग्रामिण बिकास सस्थाको आयोजनामा भएको थियो । ३० जना युवाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा युबा अबधारणा, दिगो बिकास लक्ष्य, युबा उद्यमशिलता र बाताबरण संरक्षणमा युबाको भूमिका विषयक छलफललाई सन्तोस काफ्ले र सन्जिप न्यौपानेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै ग्रामिण बिकास संस्थाका कार्यकारी निर्देशक डि एन तिमिल्सिनाले युबाहरुलाई उद्ययमशिलतासँग जोड्दै बाताबरण संरक्षण गर्न ढिला भैसकेको र सँस्था युबाहरुको परिचालनमा विशेष गरि लाग्ने बताए । युबा सन्जालका अध्यक्ष अजय तिमिल्सिनाले स्थानीय तहमा युबा लक्षित कार्यक्रम निर्माणमा युबा सन्जाल लाग्ने बताउदै सन्जालको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने बताए । कार्यक्रम २ दिनसम्म चलेको थियो ।

Comments

comments