सवारी दुर्घट्नामा श्रीमान्–श्रीमति कै मृत्यु, छोरा गम्भिर घाईते

काभ्रे । जिल्लाको पनौती नगरपालिका–१० खोपासीमा सवारी दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ ।

ट्रिपर र मोटरसाइकल  ठोकिदा स्कुटीमा सवार वर्ष ४७ को हर्कबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले तेमाल अनलाईनलाई जानकारी दिए ।

मरासिनीका अनुसार ढुंखर्कबाट पनौतीतर्फ आइरहेको बा ४ ख ३७७० नम्बरको ट्रिपरलाई सोही दिशाबाट आइरहेको बा ९२ प ४२१६ नम्बरको मोटरसाइकलले ओभरटेक गरी अगाडि बढ्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई टिपरमा ठोकिएको थियो ।

मृतक लामा बेथानचोक गाउँपालिका–४ चलालका हुन् । ठक्करपछि गम्भिर घाईते भएका लामाको उपचारको क्रममा बनेपा स्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक मरासिनीले बताए ।

 

Comments

comments