काभ्रे । जिल्लाको तेमाल गाउँपालिक वडा नं.६ ठुलो पर्सेलको आर्थिक बर्ष २०७४–०७५ को सार्बजनिक सुनुवाई तथा आ.वा. २०७५–०७६ को योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।

६ नं. वडा अध्यक्ष विकु मोक्तान तामाङको उपस्थितिमा भएको उक्त कार्यक्रममा वडावासीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष तामाङले वडामा सम्पन्न भएको आयोजनाहरुको आय–व्यय प्रस्तुत गरेका थिए ।

तामाङले जनताको गुनासो र सल्लाह सुझाव लिन सार्वजनिक सुनुवाई गरेको बताउँदै जनताको इच्छा अनुसार आफू लाग्ने बताएका थिए । ‘तपाईंहरुको गुनासोहरु के के छ ? सल्लाह सुझावहरु के के छ मलाई भन्नुहोस् ।’ वडा अध्यक्ष तामाङले भने, ‘तपाईहरुको इच्छा विपरित म कहिल्यै पनि लाग्दिन ।’

जनताको मतले आफूलाई जनता प्रति जवाफदेही, उत्तरदायी हुनुपर्ने निकायमा पु¥याएको जनाउँदै वडा अध्यक्ष तामाङले जनताको मतको सम्मान हुनेगरि काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा वडाबासीले विकास निर्माणमा जनसहभागिता र व्यक्तिगत जीवनमा प्रत्यक्ष लाभ हुनेखालको योजना निर्माण गर्न सुझाव दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्याक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, वडाका समाजसेवी, बुद्धिजीवी, वडामा संचालन भएको विभिन्न योजनाका उपभोक्ता समितिका अध्यक्ष लगायत सदस्युहरुको उपस्थिति रहेका थिए ।

Comments

comments