काभ्रे । जिल्लाको महाभारत गाउँपालिका वडा नं. २ कुपिन्टारमा रहेको श्री कालिदेवी माबिका लेखापाल निकेश मोक्तानले स्थानीय अभिभाबकलाई निर्घात कुटपिट गरेका छन् ।
बिद्यालय नजिक रक्सी बेच्दै आएका लेखापाल मोक्तानलाई रक्सी नबेच्न आग्रह गर्दा स्थानीय अभिभावक ५७ वर्षिय बिलबहादुर तामाङलाई आज बिहान ११ बजे निर्घात रूपमा कुटेको हो ।
स्थानीय तामाङले तेमाल अनलाइनलाई रुँदै फोनमा लेखापाल मोक्तानले निर्घात रूपमा कुटेको बताए ।
’उहाँले बिद्यालय नजिक रक्सी बेचेपछि बिद्यालयलाई ठूलो असर परेकोले बन्द गर्न मैले आग्रह गरेको थिए ।’ तामाङले फोनमा भने, ’तँलाई के मतलब ? मैले जे बेचेपनी ? भन्दै आक्रमण गरे ।’ लेखापाल मोक्तानले पिडित तामाङलाई लौरोले प्रहार गरेका थिए ।
मोक्तानले जथाभावी प्रहार गर्दा तामाङको ढाड, करङ, टाउको, मुखमा लागेर गम्भीर घाइते भएको स्थानीयले बताए ।
नजिक स्थास्थ्य केन्द्र नभएकोले घाईते तामाङको उपचार गर्न समस्या भएको समेत स्थानीयले जानकारी दिएका छन् ।

मोक्तानले भनेः मैले होइन मेरो श्रीमतिले कुटेको
यता लेखापाल मोक्तानलाई फोन सम्पर्क गर्दा आफूले कुटपिट नगरेको तर आफ्नो श्रीमतिले भने कुटेको स्वीकारेका छन् । यो ठूलो कुरा नभएको उनले बताए । ‘यो कुनै ठूलो कुरा होइन, त्यो बुढोले ठूलो कुरा बनाए उसैलाई घाटा हुनेछ ।’ उनले फोनमा भने, ‘यति ठूलो कुरा बनाए म चुप लागेर बस्दिन ।’
मोक्तानले बिगतमा बिद्यालय भवन भित्रै रक्सी पार्ने गर्थे । त्यतिमात्र होइन बिद्यालय भवनमा बाख्राको खोर नै निर्माण गरेका थिए । यसको बिरोध गर्दा यय अघि स्थानीय रोशन घ्लानलाइ समेत आक्रमण गरि घाइते बनाएका थिए ।






















