नक्कली छोरालाई नागरिकता बनाउँदा पक्राउ

काभ्रे । बैंकिङ ठगीमा दोषी ठहर भई फरार रहेका अनिल थापालाई प्रहरीले आइतवार पक्राउ गरेको ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी हवालर वकिल यादबले थापालाई बनेपा बुडोलबाट पक्राउ गरेहो हो ।

बनेपा नगरपालिका–६ का थापालाई जिल्ला अदालत काभ्रेले एक वर्ष बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो । उनलाई जिल्ला अदालत काभ्रेले २०७१ साल बैशाख २९ गते ३  वर्ष कैद ३ करोड २० लाख २६ हजार रुपैया जरिवाना तोकिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले जानकारी दिए । उनका अनुसार थापालाई पुर्पक्षका लागि जिल्ला करागारमा राखिएको छ ।

क्यापिटल मर्चेन बैक धुलिखेललाई ठगी गरी फरार रहदै आएका थिए ।

यसरी पक्राउगरियो थापा

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी हवाल्दार वकिल यादबले आफुले आत्माराम थापाको पेटोल पम्प नजिकैको पसलबाट पक्राउ गरेको जानकारी दिए । थापा एक वर्षअघि देखि नै मेरो निगारानीमा थियो ।

हवाल्दार यादबले भने,‘७ बजे पेटोल पम्पनजिक रहेको पछाडि गाडीको ग्यारेजमा गाडीको पार्टस पु¥याएर फर्किने क्रममा गस्ती गएको बेला पक्राउ गरेको हो धेरै समयपछि थापा पक्राउन सफल भएकोमा खुसी छु।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।