काभ्रे । जिल्लाको नमोबुद्ध  नगरपालिका वडा नं। २  मा रहेको श्री भिमेश्वर आधारभुत विद्यालयको  अनुगमन  बुधबार ९आज० गरेको छ ।

पारस्परिक जवाफदेहिता परियोजना कार्यक्रम अन्र्तगत अमेरिकन नागरिक (ग्क्ब्क्ष्म्) को सहयोगमा FHI360 र  सामुदायिक सारथीले उक्त विद्यालयको अनुगमन गरेको हो ।

 

कार्यक्रममा भिमेश्वर आधारभूत विद्यालयका प्राध्यानाध्यापक विष्णु न्यौपानेले विद्यालयको आन्तरिक कुराहरु बाहिर मासमा  नलगिदिन शिक्षक शिक्षिकाहरुलाई अनुरोध गरेका थिए । त्यसैगरी विद्यालयका लागि जुन शिर्षकमा बजेट आएको छ त्यही शिर्षकमा खर्च गर्ने गरेको बताए । बजेट खर्च गर्ने क्रममा व्यवस्थापन समितिको निर्णय र स्टाफहरुको निर्णयअनुसार खर्च गरेको जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज श्रेष्ठ, वडा अध्यक्ष संजीव ढकाल लगायतले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पुर्वाधार, विद्यार्थीको सहभागिता सम्वन्धि जानकारी गराएका थिए ।

अनुगमन टोलीमा नागरिक समाज तथा गै.स.स महांसघंका जिल्ला उपाध्यक्ष टोम सापकोटा, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत गंगा लामा, विद्यालय स्रोतव्यतिm प्रेम बहादुर लामा, सामुदायिक सारथीका प्रतिनिधि भेषराज दनुवार, जागरण नेपालका जिल्ला संयोजक शोभा ढुङगाना लगायत रहेका थिए ।

 

Comments

comments