काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यस वर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ९०६ जना परीक्षार्थी सहभागी थिए ।

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् ।

त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २।४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् ।

२.०५ देखि २.४० सम्म ६१ हजार ८ सय ७० जना सफल भएका छन् भने १.६५ देखि २.०० सम्म १ लाख १ हजार ४३ जना सफल भए ।

यस्तो छ नतिजा

प्राविधिकतर्फ यस्तो छ नतिजा

नतिजा हेर्नको लागि