तेमाल– काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र माओवादी केन्द्रका नेता कुलबहादुर तामाङलाई पितृशाेक परेकाे छ ।  अध्यक्ष तामाङ र नेता तामाङकाे ७७ वर्षिय बुबा कामीसि‌ं तामाङको आज विहान ७ः४५ बजे निधन भएको थियाे ।

काठमाण्डौ जोरपाटी स्थित निवासमा उनको निधन भएको थियो ।  उनको दुई छोराहरु चन्द्रबहादुर तामाङ र कुलबहादुर तामाङ, ४ छोरीहरु  म्हेन्दाे लामा, सञ्चमाया लामा, मेक माया लामा र नानी माया लामा रहेका छन् ।

यसैबीच तेमाल गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै दिवंगत तामाङ प्रति श्रद्धाञ्जली अर्पण गर्दै शाेकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।