काठमाडौं । पर्वतारोही शर्मिला स्याङतानको विषयलाई लिएर तामाङ चलचित्रका नायिका सुकु मोक्तानले दिएको फेसबुक लाईभमा उनले नाम्सादिम डटकम प्रति लगाएको आरोपले यी दुईबीचमा जुहारी नै चलेको छ ।
नायिका मोक्तानले आफ्नो फेसबुक लाईभमा नाम्सादिम डटकमले आफूलाई धम्की दिने र चरित्र हत्या हुनेगरि समाचार लेखेको आरोप लगाएपछि नाम्सादिमले प्रेस विज्ञप्ति नै जारी गरि मोक्तानले लगाएको आरोप प्रति आपत्ति जनाएको थियो ।
नायिका मोक्तानले रुँदै आफूले गल्ती नबोलेको ठुकोवा नै गरेकी छिन् । फेसबुक लाईभमा आएर मोक्तानले नाम्सादिमले मानसिक यातना दिईरहेको आरोप समेत लगाएकी छिन् ।
शुक्रबार दिउँसो दोलखा घर भइ हाल बौद्ध नयाँ बस्ती बस्ने नायिका मोक्तानले आफ्नो फेसबुक लाईभमा नाम्सादिन डट कम र सम्पादकले धम्कि दिएको आरोप लगाएकी थिइन् ।
नाम्सादिमले उनको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।
नाम्सादिमले जारी गरेको विज्ञप्तिमा नायिका मोक्तानलाई धम्कि तथा समाचार नलेखे पनि कपोलकल्पित आरोप लगाएर व्यक्तिगत तथा संस्थागत चरित्र हत्या गर्ने कार्य भएकोमा ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा पटक पटक फेसबुकमा लाइभ गरेर तथ्य हिन कुरा गरेर समाजमा गलत सन्देश फैल्याउँदै मिडिया हाउस र व्यक्ति स्वयमको चरित्र हत्या गर्न खोजिएको हुँदा निज सुकुमाया मोक्तानलाई कानूनी दायरामा ल्याई तुरुन्त कारवाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गरेको छ ।
यस्तो छ विज्ञप्ति
सुकुमायाको जवाफ भने यस्तो छ
नाम्सादिमले विज्ञप्ति जारी गरेपछि नायिका मोक्तानले कानुनको सामना गर्न तयार रहेको बताएकी छिन् । फेसबुक लाईभ मार्फत नायिका मोक्तानले यसो भनेकी हुन् ।
नाम्सादिम डटकम र यसको सम्पादक हिरामान बलले आफ्नो चरित्र हत्या गर्न खोजीएको आरोप समेत मोक्तानले लगाएकी छिन् । नाम्सादिमका कारण आफूलाई रातदिन मानसिक टर्चर आएको भन्दै आफूले सत्य तथ्या बाहिर ल्याउँदा आफै समस्यामा परेको बताईन् । फेसबुक लाईभमा रुँदै बोलेकी छिन् ।
‘फेसवुक वालमा नानाथरी लेखेर मलाई मानसिक यातना दिइरहेको छ ।’ मोक्तानले रुँदै भनेकी छिन्, ‘मैले सत्य बोल्न नपाउँने ?’
सुकु मोक्तानले के भनिन् हेर्नुहोस् भिडियो