शुकदेव थपलिया
काभ्रे । जगतलाई सुन्दा अचम्म लाग्न सक्छ तर वास्तविक भोगाइमा रहेकाहरूको लागी यो कुनै नौलो कुरा होइन ।
यहि भोगाइलाई दैनिकीसँग भोग्नुपर्दाको पीडा कस्तो हुन्छ त्यो केवल सुन्ने र हेर्नेलाई होइन भोग्नेलाई नै अनुभुत हुन्छ । राजधानीकै नजिकमा रहेका काभ्रेबासी यतिबेला पनि निकै पीडादायी जीवन भोगी रहेका छन् ।

काभ्रेको विकट मानिँदै आएको खानीखोला गाउँपालिकाका सबै स्थानिय वासिन्दाहरूको लागी यतिबेला ट्रिपर नै एम्बुलेन्स सावित भएको छ । भौगोलिक विकटताले गाउँपालिकामा एम्बुलेन्स जान आउन निकै समय लाग्ने र कच्ची सडकको अवस्थाका कारण बर्षातको समयमा झनै कठिन छ ।

बिहिबार खानीखोला ६ का निल बहादुर पहरीको ५ बर्षिय छोरा सरोज पहरीको खेल्ने क्रममा लढेर हात भाँचियो, लगत्तै उनी स्वाथ्य चौकी तालढुङ्गामा पुगे तर त्यहाँ ‘हात भाँचिएकै हो प्लास्टर गर्नुपर्छ यहाँ उपचार संभव छैन ।’ भनेपछि उनी अस्पताल जाने तरखर गरे ।

यस्तै सोहि दिन खानीखोला ५ का निरमायाँ तामाङ पनि अचानक बिरामी परिन् । उनी पनि सोहि स्वास्थचौकीमा जाँच गराउन पुगिन् । उनलाई पनि यहाँ उपचार नहुने भनेपछि सहर जाने तरखर गर्दे थिइन् ।

यसैगरी सोहि दिन आफ्नो पाठेघरको सल्यक्रिया सकि नियमित चेकजाँच गराउन हिँडेकी डाँडागाउँकी कान्छीमायाँ तामाङ पनि शहर जाने भनेर गाउँपालिकाको केन्द्र तालढुङगा झरिन् ।

तर यी बिरामी भएकाहरूका लागी गाउँपालिकामा चल्ने एम्बुलेन्स त के नियमित रुपमा चल्ने भनिएको क्युका बसहरू समेत थिएनन् । उनीहरू जान भनेर र त तालढुंगा झरे तर कुन यातायातको साधनमा कसरी कुन समयमा कहाँ पुग्ने भन्ने योजना बुन्न त के सोच्न समेत सक्दैनन् । किनकी त्यो दिन शहर जाने यातायातको साधन केहि पनि थिएन ।

अचानक गाउँपालिकामा कच्ची रोड खन्दै गरेको डोजर बिग्रियो र त्यहि डोजरको सामान लिएर बनाउनको लागी एउटा ट्रिपर काठमाण्डौ जाने भयो । उनीहरू त्यसैमा यात्रा गरिरहेका थिए कोहि बिरामीहरू अगाडीको सिटमा थिए भने हात भाँचिएका सरोज र उनका बुवा निल बहादुर लगायत काठमाण्डौ जाने २७ जना यात्रु ट्रिपरको सामान राख्ने ठाउँमा बसेर यात्रा गर्दै थिए ।
अचानक ट्रिपर बीच बाटोमा ४ घण्टा फस्यो चढेका यात्रुहरूले डोरी लगाएर ताने बिरामी बोक्ने ट्रिपरलाई उनीहरूले छिटै शहर दौडाउन चाहान्थे तर त्यो यात्रा शुक्रबार बिहान ४ बजे मात्रै सफल भएको थियो ।

ज्यानको बाजी राखेर चलाउने ती ट्रिपर चालकले बडो संयमताका साथ तीन बिरामी शुक्रबार काठमाण्डौको टिचिङ, काभ्रे बनेपाको शिरमेमोरियल पु¥याएका थिए ।

गाउँपालिकामा यसरी सामान बोक्ने ट्रिपरले सो ठाउँहरूबाट यात्रुहरूलाई ओसार पसार गर्ने गर्दै आएको छ । सहज यातायातको अभावमा यात्रुहरु, साथै अचानक आइपरेका विरामीहरू पनि यहि यातायातका साधनहरू मार्फत यात्रा गर्छन् । एक बर्ष अगाडी मात्रै बस पुगेको सो क्षेत्रमा सरकारले बजेट विनियोजनमा समेत हेलाको दृष्टिले हेर्दै आएको छ । गत बर्षको तुलनामा यो बर्ष सो गाउँपालिकामा करिब ८ करोड बराबरको बजेट घटाएर छुट्याइएको छ ।

 

Comments

comments