काभ्रे । रोशी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

आईबार सम्पन्न तेस्रो गाउँसभामा अध्यक्ष डिवी लामाले नीति तथा कार्यक्र र उपाध्यक्ष लक्ष्मी बर्तौलाले बजेट प्रस्तुत गरेका थिए ।

रोशी खोलाको बिपी राजमार्ग छेउमा तामाङ जातिको कला र संस्कार, संस्कृति झल्किने डम्फु पार्क निर्र्माण गरि आन्तरिक पर्यटन विकास गन अध्यक्ष लामाले बताएका छन् ।

समृद्ध रोशी गाउँपालिका निर्माणका लागि भौतिक पूर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकासमा विभिन्न दुर्गामी महत्व राख्ने योजनाहरुको निर्माण गरिएको छ । अध्यक्ष लामाले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा पूर्वाधार विकास तर्फ ९ बुँदे अपेक्षित उपलब्धी, आर्थिक विकास तर्फ १४ बुँदे, सामाजिक विकास तर्फ ३६ बुँदे तथा वन वातावरण तथा विपद व्यवस्थापन तर्फ ११ बुँदे र संस्थागत विकास तथा सेवा प्रवाह तर्फ १४ बुँदे अपेक्षित उपलत्तब्धी उल्लेख गरेका छन् ।

यस्तो छ बजेटः

रोशी गाउँपालिकाले अर्थिक वर्ष २०७५।०७६ मा २८ करोड ९४ लाख बजेट ल्याएको छ ।

चालु तर्फ ७ करोड ६ लाख ३ हजार ७६८, पूर्वाधार विकासमा ४ करोड ४१ लाख ५० हजार, सामाजिक विकासमा ३ करोड ७१ लाख ३४ हजार ५ सय, वातावरण तथा बिपत व्यवस्थापन १ करोड ६९ लाख ५० हजार रहेका छन् ।

त्यसैगरी आर्थिक विकासमा १ करोड ६२ लाख ५१ हजार, संस्थागत विकास २ करोड ७४ लाख ५० हजार विनियोजित गरेका छन् । करिब ७ करोड हाराहरीमा कर्मचारी तलब भत्तामा रहेको छ ।

बजेटमा सडक, शिक्षा, स्वास्थ्य, कृषी, खानेपानी, सिचाईमा बिषेश जोड दिएको छ । रोशी सफा गरी ठाउँठाउँमा ड्याम निर्माण र घ्याङ डाँडादेखि तारा खसेली लेकसम्म पर्यटन पदमार्ग पूर्वाधार निर्माण गरिने छ ।

 

Comments

comments